ब्रिटिस कलेजका ४१९ विद्यार्थी दीक्षित – Nepal Press

ब्रिटिस कलेजका ४१९ विद्यार्थी दीक्षित

काठमाडौं । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) बाट मान्यता प्राप्त द ब्रिटिस कलेज (टीबीसी) को सातौं दीक्षान्त समारोह सम्पन्न भएको छ ।

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई) को सम्बन्धनमा अध्ययनरत विद्यार्थी दीक्षित भएका हुन् ।

कोरोना महामारीका कारण गत वर्षको दीक्षान्त समारोह भर्चुअलरूपमा भएको थियो । स्नातक तथा स्नातकोत्तर तहका विजनेस र आईटीका गरी ४ सय १९ विद्यार्थी दिक्षित भएका हुन् ।

कलेजका सल्लाहकारहरू जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्याण्ड, प्रोफेसर फर्गस लियोन लगायतले दिक्षान्त समारोहलाई भर्चुअल्ली सम्बोधन गरेका थिए । युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्डका भाइस चान्सलर तथा अध्यक्ष स्टीभ वेस्ट- सीबीइ, लिड्स बेकेट युनिभर्सिटीका प्रोफेसर तथा प्रो भाइस चान्सलर जिन किए, ब्रिटिस कलेजका एक्जिक्यूटिभ प्रिन्सिपल डा. मेरी बिशपले दिक्षित विद्यार्थीलाई बधाई दिएका थिए । सल्लाहकार डा. अर्जुन कार्की पनि समारोहमा उपस्थित थिए ।

कलेजका कार्यकारी निर्देशक तथा संस्थापक राजन कँडेल कोरोनाको महामारीको समयमा पनि विद्यार्थीहरुले उत्कृष्ट नतिजा हाँसिल गरेको भन्दै सबैलाई बधाई दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर