एमाले महाधिवेशनको प्रचारमा चितवनमा युवा संघको मोटरसाइकल र्‍याली – Nepal Press

एमाले महाधिवेशनको प्रचारमा चितवनमा युवा संघको मोटरसाइकल र्‍याली

चितवन । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारका लागि चितवनमा मोटरसाइकल र्‍याली निकालिएको छ ।

युवा संघ नेपाल चितवनको आयोजनामा नारायणी नदी किनारबाट सुरू गरिएको र्‍यालीमा २ हजारभन्दा बढी मोटरसाइलले नारायणगढ र भरतपुर बजार परिक्रमा गरेको थियो । चितवनका ७ वटै स्थानीय तहबाट आएका युवाहरू र्‍यालीमा सहभागी थिए ।

महाधिवेशन प्रचारप्रसारको गीत बजाउँदै नारायणी नदी किनारबाट सुरू भएको र्‍याली नारायणगढको मेनरोड, पोखरा बसपार्क, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा आएर समापन भएको थियो ।

युवा संघ नेपाल चितवनका संयोजक सुशील केसीले आगामी १० गते नारायणगढको नारायणी नदी किनारमा हुने एमाले महाधिवेशनको उद्घाटनमा व्यापक जनसहभागिता जुटाउने उद्देश्यले मोटरसाइकल र्‍यालीको आयोजना गरिएको बताए । नेकपा एमालेको केन्द्रीय निर्देशन अनुसार आज नवलपुर, मकवानपुरसहित देशका मुख्य सहरमा युवा संघले मोटरसाइकल र्‍याली निकालेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर