उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ धितोपत्र बोर्डका पहिलो पटक बैठकमा सहभागी – Nepal Press

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ धितोपत्र बोर्डका पहिलो पटक बैठकमा सहभागी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट सञ्चालक बनेका अन्जन श्रेष्ठ नेपाल धितोपत्र बोर्डको पहिलो बैठकमा सहभागी भएका छन् ।

वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट राजीनामा दिएपछि महासंघका उपाध्यक्ष श्रेष्ठ बोर्डको सञ्चालक बनेका थिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिए पछि बोर्डको सञ्चालकबाट राजीनामा थिएका थिए ।
ढकालले बोर्डको सञ्चालकबाट राजिनामा दिए पछि महासंघको तर्फबाट उपाध्यक्ष श्रेष्ठलाई बोर्डको सञ्चालकमा पठाउने निर्णय भएको थियो ।

श्रेष्ठले बोर्डमा करिब डेढ वर्ष काम गर्ने छन् । श्रेष्ठ उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर