यथास्थितिमा एमसीसी पास नगर्ने माओवादी केन्द्रको औपचारिक निर्णय – Nepal Press

यथास्थितिमा एमसीसी पास नगर्ने माओवादी केन्द्रको औपचारिक निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई यथास्थितीमा अनुमोदन नगर्ने औपचारिक निर्णय गरेको छ । आज बसेको माओवादी स्थायी समिति बैठकबारे जानकारी दिँदै प्रवक्ता कृष्णबहादुर महराले एमसीसीलाई परिमार्जनसहित राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउने निर्णय भएको बताए ।

‘एमसीसीका विषयमा बाहिर जुन विषय सार्वजनिक भएको छ, हाम्रो पार्टी एमसीसीको विषयमा राष्ट्रिय सहमति कायम नभइकन, सम्झौताका केही बुँदा संशोधन र परिमार्जन नभइकन अगाडि नबढाउने कुरा भएको छ, बैठकको निर्णयबारे महराले भने ।

एमसीसी अनुमोदनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो साता फरक–फरक अभिव्यक्ति आइरहेको बेला सत्तारुढ माओवादीले औपचारिकरुपमै यस्तो निर्णय गरेको हो । माओवादीले एमसीसीका कतिपय बुँदा राष्ट्रिय हित र सम्प्रभुताविरुद्ध भएको बताउँदै आएको छ । तर, एमसीसी मुख्यालयले भने एमसीसी संशोधन गर्न नमिल्ने जवाफ सरकारलाई दिइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर