आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना – Nepal Press

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आइतबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतय सफा छ ।

दिउँसो प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको पनि आँकलन गरिएको छ ।

राति प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।
सोमबार प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *