मन्त्री रेग्मी भन्छिन्– अदालतलाई विवादित बनाउनु हुन्न (भिडिओ) – Nepal Press

मन्त्री रेग्मी भन्छिन्– अदालतलाई विवादित बनाउनु हुन्न (भिडिओ)

चितवन । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले अदालतलाई विवादित बनाउन नहुने बताएकी छन् । उनले भनिन्– अदालतमा विवाद आउनु राम्रो होइन, जारी विवाद राम्रोसँग सल्टाउनुपर्छ ।

भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन, ‘विदेशमा पनि भर्खरै ५ वर्षमाथिका बालबालिकालाई टेष्टिङ सुरु भएको छ, एप्रुभ भएपछि हामीले खोप लगाउन सुरु गर्छौं।’ दसैं मनाउन चितवन आएका बेला उनले दसैंलगत्तै बालबालिकालाई खोप लगाउन सुरु गर्ने बताएकी थिइन् ।

उनले बालबालिकालाई लक्षित गरेर खोप ल्याउन पहल भइहेको दोहोर्याएकी हुन् ।

रेग्मी नेपाली कांग्रेस चितवनले चाडपर्वको अवसरमा उद्योग वाणिज्य संघमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन चितवन आएकी हुन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह पनि चितवन आउँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर