प्रिमियम वृद्धिको निर्णय फिर्ता लिन बीमा समितिसँग उद्योग वाणिज्य महासंघको आग्रह – Nepal Press

प्रिमियम वृद्धिको निर्णय फिर्ता लिन बीमा समितिसँग उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं । बीमा समितिले असोज ६ गते सबै नीर्जीवन बीमा कम्पनीहरूको लागि जारी गरेको न्यूनतम प्रिमियम दर वृद्धिप्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ ।

खुला बजार अर्थव्यवस्थामा नियामक निकायले नै प्रिमियम दर वृद्धि गर्न नहुने महासंघको भनाइ छ । यसले निर्माणाधीन विभिन्न आयोजनाहरूको लागत बढाउने भन्दै बढेको प्रिमियम दर फिर्ता लिन बीमा समितिलाई आग्रह गरेको हो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघलगायतका आयोजना निर्माणमा संलग्न संघ/संस्था एवं उद्यमी व्यवसायीहरूलाई उदृत गर्दै महासंघले बीमा समितिबाट जारी गरेको निर्देशनमा बीमाको प्रिमियम शुल्क भुक्तानी गरे पनि विमितले विमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न सर्तहरू राखिएको बताएको छ । यस विषयमा सबै सरोकारवालासँग अविलम्व छलफल गर्न पनि महासंघको माग छ ।

खुला बजार अर्थव्यवस्थामा प्रतिस्पर्धाद्वारा मूल्य निर्धारण हुनुपर्नेमा नियामकले न्यूनतम शुल्क तोक्न नहुने भन्दै महासंघले अर्थतन्त्रको पुनरूत्थानका लागि यसले बाधा पुग्न सक्नेतर्फ सचेतसमेत गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर