अरूसँग कुरा भइरहेको छ, बहुमत जुटाएरै देखाउँछु: मुख्यमन्त्री आचार्य – Nepal Press

अरूसँग कुरा भइरहेको छ, बहुमत जुटाएरै देखाउँछु: मुख्यमन्त्री आचार्य

काठमाडौं । विपक्षी गठबन्धनले नयाँ सरकार गठनको प्रयास गरिरहेको बेला प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफूले विश्वासको मत पाउने दावी गरेका छन् ।

झापाको विर्तामोडमा आयोजित दसैं विशेष चियापान कार्यक्रममा मुख्यमन्त्री आचार्यले विश्वासको मत जुटाउन प्रयासरत रहेको र सफल हुने दाबीसमेत गरे।

अफ्ठ्यारो स्थितिमा आफ्नो नेतृत्वमा प्रदेश सरकार बनेको भन्दै उनले भने,‘सुरुमा हामीसँग बहुमत थियो, तर राष्ट्रियराजनीतिमा आएका समस्या (गज्याङगुजुङ)का कारण हामी अहिले बहुमतमा छैनौं। अरुसँग मिलेर बहुमत जुटाउने काम गरिरहेका छौं। त्यसमा सम्भव हुन्छौं भन्ने लागेको छ।’

यसबाहेक मुख्यमन्त्री आचार्यले केन्द्र सरकारले तीन महिनामा मन्त्रिपरिषद् पूर्णता दिएको विषयमा समेत कटाक्ष गरे। उनले भने, ‘जब सरकार बन्नै तीन महिना लाग्छ भने त्यसले कति दिनमा योजना बनाउँछ, र कहिले कार्यान्वयन गर्छ ?’ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर