‘डाँडाको वरपीपल’ भोलि रिलिज हुँदै : प्रिमियरमा रेखादेखि स्वस्तिमासम्म (तस्बिरहरु) – Nepal Press

‘डाँडाको वरपीपल’ भोलि रिलिज हुँदै : प्रिमियरमा रेखादेखि स्वस्तिमासम्म (तस्बिरहरु)

काठमाडौं । रिलिज पूर्वसन्ध्यामा फिल्म ‘डाँडाको वरपीपल’ प्रिमियर गरिएको छ । राजधानीको बानेश्वरस्थित वान सिनेमाज् मल्टिप्लेक्समा कलाकारहरुको उपस्थितमा फिल्म देखाइयो ।

सलोन बस्नेत, रविना थापा, शोभित बस्नेत, रेखा थापा लगायतका कलाकार प्रिमियरमा सहभागि रहे । फिल्म हल बन्द रहेको पाँच महीनापछि हल खुलेसँगै प्रिमियर आयोजना गरिएको हो ।

मंगलबारदेखि शोभित बस्नेत निर्देशित फिल्म देशव्यापी प्रदर्शन हुँदैछ । बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा फिल्म निर्माण भएको हो । अन्तरजातिय प्रेमको कथामा निर्माण भएको फिल्ममा सलोन र रुविनाको मुख्य अभिनय छ ।

करिब १६ वर्षपछि यो फिल्ममार्फत शिव श्रेष्ठ र भुवन केसीले पनि अभिनयमा सहकार्य गरेका छन् । ‘डाँडाको वरपीपल’ हल खुलेपछि रिलिज हुने पहिलो नेपाली फिल्म हो । असोज २१ गते विदेशी फिल्म प्रदर्शनमा आइसकेको छ ।

फिल्म प्रमोसनको क्रममा उत्पन्न भएको महानायक विवादले फिल्म चर्चामा आएको थियो । गीत रिलिज कार्यक्रममा निर्देशक बस्नेतले शिव श्रेष्ठ महानायक र भुवन केसी सुपरस्टार भएको बताएका थिए । यो कुुरा विवादित भएपछि उनले राजेश हमाललाई भेटेरै माफी मागेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर