रामेछापका प्रहरी प्रमुख डीएसपी ढुंगानालाई उत्कृष्ट पुरस्कार – Nepal Press

रामेछापका प्रहरी प्रमुख डीएसपी ढुंगानालाई उत्कृष्ट पुरस्कार

रामेछाप । बागमती प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख, प्रहरी नायव उपरिक्षक (डीएसपी) नवराज ढुंगानालाई उत्कृष्ट पुरस्कारले सम्मान गरेको छ । ६६औं प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयमा आयोजित एक समारोहकाबीच ढुंगानालाई सम्मान गरिएको हो ।

बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) प्रकाशजंग कार्कीले डीएसपी ढुंगानालाई राम्रो कार्य सम्पादन गरेबापत पुरस्कार प्रदान गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयको प्रहरी प्रमुखको रुपमा कुशल व्यवसायिक दक्षता प्रदर्शन गर्दै मातहत प्रहरी अधिकृत तथा जवानको नियमित अनुगमन गरी कुल नेतृत्वका साथ प्रभावकारी रुपमा प्रहरी परिचालन गरी कार्यालय व्यवस्थापन क्षेत्रमा उत्कृष्ठ कार्य गरेकाले सम्मान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर