पूर्वमन्त्री लक्ष्मण घिमिरे कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित, क-कसले जिते ? (सूचीसहित) – Nepal Press

पूर्वमन्त्री लक्ष्मण घिमिरे कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित, क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री लक्ष्मण घिमिरे महाधिवेशन प्रतिनिधिसभामा पराजित भएका छन् । गृहजिल्ला रामेछापबाट घिमिरे महाधिवेशनमा पराजित भएका हुन् ।

चौधौं महाधिवेशनको लागि प्रतिनिधि बन्नबाट घिमिरेसहित नेविसंघका पूर्वमहामन्त्री गजेन्द्र कार्की र पार्टीका निवर्तमान जिल्ला सभापति लवश्री न्यौपाने पनि वञ्चित भएका छन् ।

कुनै समय रामेछापमा एकछत्र नेतृत्व कायम गरेका कांग्रेसका पूर्व मुख्य सचेतकसमेत रहेका घिमिरे जिल्लाका सबैभन्दा सिनियर नेता हुन् । तर, भर्खरका विद्यार्थीहरूले भारी मतका साथ प्रतिनिधि निर्वाचित हुँदै गर्दा पाको पुस्ताका घिमिरे भने पराजित भए ।

२०४८ सालमा कांग्रेसबाट सांसद जितेर जलस्रोत मन्त्री भएका घिमिरे २०५१ मा एमालेका देवशंकर पौडेलसँग ११ मतले पराजित भएपछि प्रत्यक्ष चुनाव त्यसपछि जित्न सकेनन् ।

२०५६ मा एमालेकै कमल प्रकाश सुनुवारसँग पराजित भएपछि घिमिरे जिल्लाको सक्रिय राजनीतिबाट बाहिरिएका थिए । उनी २०६४ मा समानुपातिक सांसद भएपछि गिरिजाप्रसाद कोइरालाले मुख्य सचेतक बनाएका थिए ।

कांग्रेसको महाधिवेशन प्रतिनिधिमा जिल्लाका अन्य हेबिवेट नेताहरू रामचन्द्र खड्का, आङटावा शेर्पालगायत भने निर्वाचित भएका छन् । जिल्ला सभापतिमा कान्छाराम तामाङ निर्वाचित भएका छन् ।

रामेछाप कांग्रेसबाट महाधिवेशन प्रतिनिधिहरू यस प्रकार छन् :

१. अर्जुनकुमार के.सी

२. भरतप्रसाद चौलागाईं

३. रामचन्द्र खड्का

४. ध्रुवहरी ढुंगेल

५. युवराज भट्टराई

६. रत्नबहादुर कार्की

७. रत्नहरी ढुंगेल

८. झपडराज भण्डारी

९. आङटावा शेर्पा

१०. वीरबहादुर तामाङ,

११. केशवप्रसाद चालिसे

१२. महेशकुमार कार्की

१३. मिनाकुमारी कार्की

१४. गेल्जे शेर्पा

१५. नरबहादुर थापा मगर

१६. जितेन्द्र मोक्तान

१७. विनिता खड्का

१८. गंगा अधिकारी

१९. उषा कार्की

२०. एन्जिला न्यौपाने

२१. कुमारी हायु

२२. रामकुमारी डागी

२३. खमला थापा मगर

२४. शुक्र माझी

२५. वलबहादुर परियार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर