पूर्वनवयुवराज हृदयेन्द्रसँगै सेलेव्रिटीले उडाए चङ्गा (तस्बिरहरु) – Nepal Press
पूर्वनवयुवराज हृदयेन्द्रसँगै सेलेव्रिटीले उडाए चङ्गा (तस्बिरहरु)
सरोज बैजु २०७८ असोज १८ गते १९:००
२०७८ असोज १८ गते १९:००

काठमाडौं । दशैं पर्वलाई सेलिव्रेसन गर्न काइट्स नेपालले सोमबार चङ्गा चेट कार्यक्रम आयोजना गरेको छ । ललितपुर झम्सीखेलमा आयोजना गरिएको कार्यक्रममा पपगायक नवीन के भट्टराई, ब्लगर सिसन बानियाँलगायतले चंगा उडाए ।

९ समूहबाट २७ जना प्रतिस्पर्धीले चंगा उडाए । आयोजक काइटस् नेपालका विकल चौलागाईले नेपालमा हराउँदै गएको चङ्गा उडाउने संस्कृति जोगाउन र नयाँ पुस्तालाई यसबारे जानकारी गराउन चंगाचेट कार्यक्रम गरिएको बताए ।

यस्तो कार्यक्रमले नयाँ पुस्तालाई संस्कृति जोगाउन उत्प्रेरित गर्ने बताए । प्रतिस्पर्धामा काइट्स नेपालको समूह प्रथम भयो भने प्रतियोगिता जित्दै उसले २५ हजार रुपैयाँ नगद पनि प्राप्त गर्‍यो । विजेतालाई पुरस्कार बाँड्दै गायक नविन के भट्टराईले अहिले हराउँदै गएको चङ्गा उडाउने संस्कृतिलाई जोगाउन आफू उपस्थिति भएको बताए ।