भैरहवाका लागि थरङ्गाको अर्धसतक – Nepal Press

भैरहवाका लागि थरङ्गाको अर्धसतक

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवाका लागि श्रीलंकन क्रिकेटर उपुल थरङ्गाले अर्धसतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगतामा थरङ्गाले ललितपुर प्याट्रियट्स विरुद्ध ३५ बलमा ५ चौका २ छक्कासहित ५२ रन बनाएका छन् ।

ललितपुरले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याउने क्रममा थरङ्गाले आरिफ शेखसँग ८४ रनको साझेदारी गरेका थिए ।
१६ ओभरको खेल सकिँदा भैरहवालाई जितका लागि २४ बलमा ५४ रनको आवश्यकता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *