पञ्जाब मुख्यमन्त्रीबाट हटाइएपछि अमरेन्दर सिंहको घोषणा : कांग्रेसमा बस्दिन, बीजेपीमा पनि जान्न – Nepal Press

पञ्जाब मुख्यमन्त्रीबाट हटाइएपछि अमरेन्दर सिंहको घोषणा : कांग्रेसमा बस्दिन, बीजेपीमा पनि जान्न

गृहमन्त्री शाहसँग दिल्लीमा भेटवार्ता

दिल्ली । पञ्जाबको मुख्यमन्त्रीबाट हटाइएपनि अमरेन्दर सिंहले भारतीय कांग्रेस पार्टी छाड्ने घोषणा गरेका छन् । एनडीटीभीसँग कुरा गर्दै उनले कांग्रेस छाड्ने र बीजेपीमा प्रवेश नगर्ने बताएका हुन् ।

सेप्टेम्बर १८ मा उनलाई पञ्जाबको मुख्यमन्त्रीबाट बलपूर्वक हटाइएको थियो । ‘म अब कांग्रेसमा रहन्न । मलाई कांग्रेसले यो अनुसारको व्यवहार गरेन’ उनले भने ।

बुधबार बेलुका भारतीय गृहमन्त्री अमित शाहलाई भेटेपछि सिंह सत्तारुढ बीजेपी प्रवेश गर्ने र केन्द्रीय सरकारमा कृषि मन्त्री बन्न लागेको हल्ला व्यापक थियो ।

स्रोतका अनुसार कांग्रेस नेताहरु अम्बिका सोनी र कमल नाथले आज सिंहलाई भेटेर पार्टीमै रहनेबारे मनाउने प्रयास गरेका छन् । तर, मंगलबारदेखि राजधानी दिल्लीमा रहेका उनले पार्टी अध्यक्ष सोनिया गान्धी र उनका कुनैपनि प्रतिनिधिलाई नभेटेको बताएका छन् ।

आज बिहानै उनले दिल्लीमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटेका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर