पारा ओलम्पिकमा पलेशा कास्य नजिक

२०७८ भदौ १८ गते १७:०८

काठमाडौं । नेपाली खेलाडी पलेशा गोवर्द्धन पारा ओलम्पिकमा कास्य पदक नजिक पुगेकी छन् । पलेशाले के क्याटगोरीको ४८ केजी मुनी तौल समूहको रिपिचेजको सेमिफाइनलमा सर्बियाकी मारिया मिसेभलाई पराजित गर्दै कास्य नजिक पुगेकी हुन् ।
चीनकी खेलाडी युजी लीलाई आगामी खेलमा पराजित गरे पलेशाले पारा ओलम्पिकको पहिलो पदक जित्ने छिन् । पहिलो खेलमा बेलायतकी बुथ मोनेरोसँग पराजित भएपछि स्वर्ण जित्ने सम्भावना समाप्त भएको थियो ।
तेक्वान्दो पहिलो पटक पारा ओलम्पिकमा समावेश भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर