फोरमबाट निर्वाचित सांसदले छाडे उपेन्द्रको साथ, आजै लोसपामा सनाखत गर्ने – Nepal Press

फोरमबाट निर्वाचित सांसदले छाडे उपेन्द्रको साथ, आजै लोसपामा सनाखत गर्ने

जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित प्रदेश सांसद प्रहलाद गिरी ‘गोस्वामी’ पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोज्ने भएका छन् ।

पर्साको क्षेत्र नम्बर ३ (२)बाट निर्वाचित सांसद गिरी आज लोसपाको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम आउँदैछन् । उनले भने, ‘अहिले जनकपुर आउँदै छु । नेताहरुसँग भेटघाट पश्चात लोसपाको पक्षमा सनाखत गर्नेछु ।’

उपेन्द्र यादव मधेसको मुद्दा नै छाडेकाले लोसपा रोज्न बाध्य भएको सांसद गिरीले नेपाल प्रेसलाई बताएका छन् ।

उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादी फोरमबाट २९ जना निर्वाचित भएका थिए । जसमध्ये गिरी लोसपा रोज्ने पहिलो सांसद हुन् ।

प्रदेश २ मा राजपाका २५ सांसद रहेका थिए । जसमध्ये १४ जना मात्र लोसपामा खुलेका छन् । १० सांसद बुधवार लोसपाको पक्षमा सनाखत गरे भने बाँकी सांसद आज सनाखत गर्ने बुझिएको छ ।

प्रदेश २ का पूर्वमन्त्री एवं महन्थ ठाकुर निकट सांसद जितेन्द्र सोनलले जसपाका अधिकतर सांसदहरु लोसपाको पक्षमा सनाखत गर्ने विश्वास व्यक्त गरे । लोसपा प्रदेश २ को मुल पार्टी बन्ने उनको दावी छ ।

जसपाबाट बढीभन्दा बढी सांसद तान्न लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी बुधवार नै जनकपुर आएर बसेका छन् । तर उनीहरुको योजना सफल हुन नदिन जसपा अध्यक्ष उपेन्द्र यादव पनि आजै जनकपुर आउन लागेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर