सुनिल थापाको आरोप : स्वास्थ्य सामग्री वितरण गर्न राजेन्द्र राइले अवरोध गरे – Nepal Press

सुनिल थापाको आरोप : स्वास्थ्य सामग्री वितरण गर्न राजेन्द्र राइले अवरोध गरे

काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री सुनिलबहादुर थापाले धनकुटामा आफूले स्वास्थ्य सामग्री वितरण गर्ने क्रममा सांसद राजेन्द्र राईसहितको टोलीले अवरोध गरेको आरोप लगाएका छन् ।

आफ्नो व्यक्तिगत खर्चमा लगेका ती सामग्रीहरु राईको टोलीले कब्जा गर्न खोजेको उनको भनाइ छ ।

थापाले कोभिड-१९ सँग सम्वन्धित स्वास्थ्य सामग्री सुर्यबहादुर थापा प्रतिष्ठानमार्फत वितरण गर्न धनकुटा पुर्याएका थिए । तर, ती स्वास्थ्य सामाग्री सरकारबाट ल्याएर सुर्यबहादुर थापा प्रतिष्ठानका नाममा वितरण गर्न खोजिएको भन्दै धनकुटाकै सांसद राईले अवरोध गरेको उनले नेपाल प्रेसलाई बताए ।

धनकुटाको प्यासिफिक होटलमा राखिएका स्वास्थ्य सामग्री वितरण गर्ने तयारी हुँदै गर्दा राई लगायतका कार्यकर्ता त्यहाँ गुगेका थिए । उनीहरुले स्वास्थ्य सामग्री कब्जा गर्न खोजेको थापाले बताए ।

उनले भने- ‘यो नितान्त मेरो ब्यक्तिगत खर्चमा लगेको हुँ । मन्त्रालयसँग मैले छलफल गरेको छु । सरकारले दिने स्वास्थ्य सामग्री केही दिनपछि धनकुटा जान्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर