भारतद्वारा दुईजना नेपालीको काबुलबाट उद्दार, ३१७ जना नेपाली उद्दार पर्खाइमा – Nepal Press

भारतद्वारा दुईजना नेपालीको काबुलबाट उद्दार, ३१७ जना नेपाली उद्दार पर्खाइमा

काबुल । भारतले आज दुईजना नेपालीलाई काबुलबाट उद्दार गरेको छ । भारतीय विदेश मन्त्रालयका अनुसार ८७ जना भारतीयसहित ती दुई नेपालीलाई पनि उद्दार गरेको हो ।

काबुलमा अहिले ३१७ जना नेपाली उद्दारको पर्खाइमा रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

नाम टिपाएका नेपाली लाई अमेरिका, जर्मनी, बेलायत र भारतसङ्ग समन्वय गरेर ल्याइने मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ५०४ जना नेपालीलाइ काठमाडौ मा ल्याइएको छ । साथै सरकार ले बाह्य सहयोग लिएर अफ्गानिस्तानमा रहेका नेपाली को स्थलगत विवरण संकलन पनि सुरु गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर