एनआरएनको आगामी अध्यक्ष पदमा कूल आचार्यद्वारा उम्मेदवारी घोषणा – Nepal Press

एनआरएनको आगामी अध्यक्ष पदमा कूल आचार्यद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी अध्यक्ष पदमा कूल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै आचार्यले सन् २०२१-२०२३ को कार्यकालका लागि उम्मेदवारी घोषणा गरेको जानकारी दिए ।

यसको औपचारिक घोषणा चाहिँ अगस्ट ३० तारिखमा गर्ने तयारीमा उनी छन् । सो दिनमा उनले आफ्ना एजेन्डाहरु पनि सार्वजनिक गर्ने जनाएका छन् । सोही कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष डा. बद्री केसीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अक्टोबर २३ देखि २५ सम्म एनआरएनको महाधिवेशन तथा १० औं विश्व सम्मेलन सम्मेलन तथा आयोजना हुँदैछ । कोभिड महामारीको कारण यसपटक भर्चुअल माध्यममार्फत मतदान गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *