महन्थ ठाकुरको २४ सदस्यीय कार्यकारिणी समितिमा रेशम चौधरीसहित १३ सांसद (सूचीसहित) – Nepal Press

महन्थ ठाकुरको २४ सदस्यीय कार्यकारिणी समितिमा रेशम चौधरीसहित १३ सांसद (सूचीसहित)

काठमाडौं । जसपाबाट विभाजित भएर जसपा नेपाल (लोकतान्त्रिक) दर्ताको प्रक्रियामा गएको महन्थ ठाकुर पक्षले ठाकुरको अध्यक्षमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन गरेको छ ।

ठाकुर अध्यक्ष रहेको समितिमा राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् भने अरु सबै कार्यकारिणी सदस्य छन् । साविक जसपाका १६ जनासहित अरु नयाँ थपेर कार्यकारिणी समितिलाई आयोगमा पेस गरिएको छ । सदस्य सूचीमा रेशमलाल चौधरी पनि छन् । निर्वाचन आयोगको हेड काउन्टमा उनी तटस्ठ बसेका थिए ।

ठाकुरको पक्षमा जसपाका प्रतिनिधिसभाका ३२ मध्ये १२ सांसद उभिएका छन् भने राष्ट्रियसभासहित संघीय संसदमा अब उनका १३ सांसद भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर