तालिवानद्वारा आजसम्म २३ मुख्य अफगानी सहर कब्जा, बिना लडाइ जलालाबाद पनि नियन्त्रणमा – Nepal Press

तालिवानद्वारा आजसम्म २३ मुख्य अफगानी सहर कब्जा, बिना लडाइ जलालाबाद पनि नियन्त्रणमा

काबुल । अफगानिस्तानका तालिवान विद्रोहीहरु राजधानी काबुललाई नियन्त्रण गर्नेतर्फ अघि बढिरहेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार तालिवानले काबुलबाहेकका अन्य सबै मुख्य अफगानी सहरहरुलाई नियन्त्रणमा लिएका छन् । आइतबार राती उनीहरुले पूर्वी अफगानिस्तानको मुख्य सहर जलालाबादलाई कुनै लडाइबिना कब्जा गरेका छन् ।

अफगान सेनाको बेस रहेको सहर मजर–इ–सरिफलाई नियन्त्रणमा लिएको एकदिनपछि तालिवानीले जलालाबादलाई नियन्त्रणमा लिएका हुन् । सरकारी सैन्य शक्तिले तालिवानलाई सहरहरु छाड्न थालेपछि राष्ट्रपति असरफ घानीलाई राजीनामा दिन दबाब परिरहेको छ । अब उनीसामु तालिवानसामु आत्मसमर्पण गर्ने वा लडेरै राजधानीलाई नियन्त्रण गर्ने दुईवटा विकल्प रहेको बीबीसीले जनाएको छ ।

यसैबीच, काबुलस्थित अमेरिकी दूतावासले कर्मचारीलाई फिर्ता गराउन सुरु गरेको छ । यसका लागि अमेरिकाले काबुल विमानस्थलमा ६ वटा ठूला विमानहरु लगेको छ । अहिले अमेरिकाले उद्दार कार्यका लागि पाँचहजार सेना त्यहाँ पठाएको छ ।

आइतबार बिहान बन्दुक प्रयोग नगरिकनै तालिवानले नानगार प्रान्तको राजधानीलाई कब्जामा लिएका हुन् । ‘गभर्नरले नै आत्मसमर्पण गरेपछि जलालाबादमा कुनै युद्ध भएन’ अफगानी सरकारका एक अधिकारीले समाचार संस्था रोयटर्सलाई भने । ‘किनभने सर्वसाधारणको ज्यान जोगाउन पनि त्यसो गर्नुपर्ने जरुरी थियो’ उनले भने ।

जलालाबादलाई जित्नुको अर्थ, तालिवानीले पाकिस्तानसँग जोडिएको सडक संजाललाई पनि हात पारेका छन् । तालिवानले ३४ मध्ये २३ वटा प्रान्तीय राजधानीलाई कब्जा गरिसकेका छन् । २० वर्षपछि अमेरिका फर्किएपछि तीव्रगतिमा तालिवानीले अफगानिस्तानको आधा हिस्सालाई नियन्त्रण गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर