अफताब आलमको मुद्दा ‘कम्फरटेबल इजलास’मा, पहिलो नम्बरमै सुनुवाई – Nepal Press

अफताब आलमको मुद्दा ‘कम्फरटेबल इजलास’मा, पहिलो नम्बरमै सुनुवाई

काठमाडौं । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दामा आज सुनुवाई हुँदैछ ।

न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनवाईका लागि तोकिएको सो मुद्दाको पेसी पहिलो नम्बरमै छ ।

न्यायाधीश हुनुअघि कांग्रेसको महाधिवेन निर्वाचन समितिमा रहेका राउत र रेग्मीको इजलास आलमका लागि कम्फरटेबल मानिएको छ ।
यसअघि पटक पटक सो मुद्दा सुनवाईमा चढेको थियो । अदालतले कैफियत प्रतिवेदन माग्ने बाहेक अरु आदेश भएको थिएन ।

२०७४ सालको निर्वाचन जित्नका लागि आलमले भारतबाट पेशेवर गुण्डाहरु नेपाल ल्याई विष्फोटक पदार्थ निर्माण गर्ने क्रममा विष्फोटन भएपछि घाइते रहेका र जीवत मजदूरलाई सोही भट्टामा जलाएर हत्या गरेको अभियोग छ ।
मृतकका परिवारको जोहरीपछि तत्काली केपी ओली सरकारको पालमा उनीविरुद्धको मुद्दा अघि बढेको थियो ।

साक्षी र प्रमाणका आधारमा आलममाथिको अभियोग पुष्टि हुने देखिएको भन्दै जिल्ला र उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए ।
आलम हाल सांसद पदबाट निलम्बित छन् । उनी जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध २०७७ मंसिरमा सर्वोच्चमा गएका थिए । यसबीचमा नौ पटकसम्म उनको मुद्दा पेसीमा चढिसकेको थियो ।
केही समयअघिमात्र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले रौतहट गएका बेला आलममाथि अन्याय भएको भन्दै आफूहरु सरकारमा आएपछि थुनामुक्त गराउने आश्वासन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर