युवा नेताहरूले देउवालाई पार्टीको विधान र नेपालको संविधान बुझाउने – Nepal Press

युवा नेताहरूले देउवालाई पार्टीको विधान र नेपालको संविधान बुझाउने

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले सभापति शेरबहादुर देउवालाई पार्टीको विधान र नेपालको संविधान बुझाउने भएका छन् ।

केन्द्रीय समितिमा नरहेका युवा नेताहरूले थालेको ‘सबल कांग्रेस निर्माणका लागि हाम्रो अभियान’ का तर्फबाट सभापति देउवालाई विधान र संविधान बुझाउन लागिएको हो ।

अभियानका सदस्य एवं नेविसंघका पूर्वउपाध्यक्ष डिल्लीराम सुवेदीले पार्टीको वैधानिकतामै संकटमा पर्न लागेकाले नेतृत्वलाई जिम्मेवार बनाउन सांकेतिक कार्यक्रम गरिएको बताए । अभियानले यसअघि कांग्रेस मुख्यसचिव कृष्ण पौडेलमार्फत सभापति देउवालाई विधिसम्मत महाधिवेशनका लागि ज्ञापन पत्र बुझाएको थियो ।

कांग्रेस केन्द्रीय समितिको बैठक आज २ बजेपछि देउवा निवास बूढानीलकण्ठमा बस्दैछ । अभियानले बूढानीलकण्ठमै पुगेर विधान र संविधान बुझाउन लागेको हो । कांग्रेसले विधानले तोकेको अवधिमा महाधिवेशन गर्न सकेन भने संविधानले दिएको समयसीमा पनि घर्किदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर