एमालेले तोक्यो काठमाडौंका ११ वटै नगर अध्यक्ष (सूचीसहित) – Nepal Press

एमालेले तोक्यो काठमाडौंका ११ वटै नगर अध्यक्ष (सूचीसहित)

काठमाडौं । माधव नेपाल पक्षले कुनै पनि संगठनात्मक गतिविधि नगर्न माग गरिरहेका बेला नेकपा एमालेले भने जिल्ला कमिटीभन्दा तल्ला तहका संगठन कमिटीहरू गठन तथा पुनर्गठनलाई तीव्रता दिएको छ ।

असोज ९ गतेभित्र सबै स्थानीय तहका अधिवेशनहरू गरिसक्न पार्टी केन्द्रीय कमिटीले निर्देशन दिएपछि अधिवेशन आयोजना गर्न संगठन कमिटीहरु बन्ने क्रम बढेको हो । देशकै सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लाका ११ वटै नगरपालिकामा एमालेले नगर कमिटी पुनर्गठन गरेको छ ।

काठमाडौं जिल्ला कमिटीको साउन १६ गते बसेको बैठकले काठमाडौं महानगरपालिका सहित ११ वटै नगरपालिकाका संयोजक तोकेको थियो । यसबीचमा नगर कमिटीलाई पूर्णता दिइ काठमाडौं महानगर र नागर्जुनबाहेक सबै कमिटीको सपथग्रहणसमेत भइसकेको जिल्ला कमिटी सचिव दीपक निरौलाले जानकारी दिए ।

काठमाडौं महानगरसहित ११ नगरपालिकामध्ये ७ वटा नगरपालिकामा एमालेले जितेको छ । शंखरापुर, कागेश्वरी मनहरा, बूढानीलकण्ठ, टोखा, तारकेश्वर र किर्तिपुरमा एमालेले मेयर र उपमेयरसहित बहुमत जितेको छ ।

त्यस्तै चन्द्रागिरी र नागर्जुन नगरपालिकामा उपमेयरसहित बहुमत जितेको छ । एमालेबाट जितेका मेयरमध्ये कागेश्वर मनहराका कृष्णहरी थापाबाहेक सबै संस्थापन पक्षमा छन् ।

एमालेका १० वटै नगर कमिटीका अध्यक्षहरू यस प्रकार छन् ।

१. निर्मल देउला, काठमाडौं महानगरपालिका

२. रामकुमार तिवारी, शंखरापुर नगरपालिका

३. ज्योतिराम फुयाल, कागेश्वरी मनोहरा

४. उद्धब विष्ट, गोकर्णेश्वर नगरपालिका

५. प्रदिप डंगोल, बूढानीलकण्ठ नगरपालिका

६. सत्यनारायण डंगोल, टोखा नगरपालिका

७. बासु गौतम,तारकेश्वर नगरपालिका

८. नन्दनहरी गौतम, नागार्जुन नगरपालिका

९. राजु श्रेष्ठ, चन्द्रागिरी नगरपालिका

१०. राधाकृष्ण बस्नेत, कीर्तिपुर नगरपालिका

११. राम लो, दक्षिणकाली नगरपालिका


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर