माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै – Nepal Press

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडाैं । पार्टीको आन्तरिक एकता वा विभाजनबारे ठोष निर्णयका लागि छलफल गर्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ ।

विहान ११ बजेदेखि बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बैठक बस्न लागेको हो । यसअघि हिजोका लागि बैठक बोलाइए पनि सबै नेताहरु काठमाडौंमा उपलब्ध नभएका कारण आजका लागि सारिएको हो ।

आजको बैठकमा पार्टीको एकता वा विभाजनबारे केन्द्रीय सदस्यहरुको राय लिने योजनामा नेता नेपाल छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा सहयोग गरेका एमाले माधव समूहमा सरकारमा जाने वा पार्टीको विवाद मिलाउने भन्नेबारे सबैको एकमत नभएपछि नेता नेपाल अप्ठेरोमा परेको बताइन्छ ।


प्रतिक्रिया

One thought on “माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

  1. रामकुमारीलाई पार्टीको सदस्य बाट हटाउनु र एकता गर्नु ठिक हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर