झिनो अंकले बढेको नेप्सेमा १० अर्बको करोबार – Nepal Press

झिनो अंकले बढेको नेप्सेमा १० अर्बको करोबार

काठमाडौं । नेप्से परिसूचक आज झिनो अंकले बढ्न पुगेको छ । आज ४.०६ अंकले बढ्दै ३,०८५.०७ विन्दुमा रोकिएको छ । २ करोड १८ लाख ९४ हजार २०९ कित्ताको किनबेचमा १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो कारोबार हिजको भन्दा २ अर्बले कमी हो । आज बैंकिङ, फाइनान्स, उत्पादन, लघुवित्त तथा लगानी समूहको उपसूचक केही बढेको छ भने अन्य सबैको उपसूचक रातम्मे भएको छ ।

आज घाम्देली हाइड्रोपावर कम्पनी र अरुण खोला जलविद्युत कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढ्न पुगेको छ । आज अरुण कावेली खोलाको शेयर कारोबार सबैभन्दा धेरै २३ करोड रुपैयाँ बराबरको भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर