एकताका लागि दबाब दिन कार्यदल सदस्यसहित एमाले संसदहरूको छलफल (तस्बिरहरू) – Nepal Press

एकताका लागि दबाब दिन कार्यदल सदस्यसहित एमाले संसदहरूको छलफल (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेका सांसदहरूले पार्टी एकताको दबाब दिँदै कार्यदल सदस्यसँग छलफल थालेका छन् । सिंहदरबारमा शुरू छलफलमा दुवै पक्षका कार्यदल सदस्य र एमाले एकता कायम राख्न र पार्टी सुदृढ बनाउन गठित अनौपचारिक फोरममा सहभागी सांसद उपस्थित छ्न् ।

छलफलमा केपी ओली पक्षका सुवास नेम्वाङ छन् भने माधव पक्षका भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी छन् । छलफलमा कार्यदलका नेताहरु सबैलाई एकै ठाउँमा राखेर सांसदहरुले १० बुँदे सहमति र कार्यान्वयनमा भइरहेको बाधाबारे जिज्ञासा राखेका छन् ।

माधव नेपालले १० बुँदे सहमतिको संशोधन हुनुपर्ने भन्दै सहमति मानेका छैनन् । एमालेले यसअघि १० बुँदे सहमति अनुमोदन गरी कार्यदल विघटन गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर