बाबुरामले हिन्दू धर्मप्रति अनास्था फैलाएको भन्दै बीजेपी विदेश विभाग प्रमुखको आपत्ति, राप्रपा अध्यक्ष थापासमेत क्रुद्ध – Nepal Press

बाबुरामले हिन्दू धर्मप्रति अनास्था फैलाएको भन्दै बीजेपी विदेश विभाग प्रमुखको आपत्ति, राप्रपा अध्यक्ष थापासमेत क्रुद्ध

काठमाडौं । आज विहान पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्ना सहपाठीले सेयर गरेको भन्दै एउटा स्क्रिनसट् ट्वीट गरे । जुन तस्विरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दुध चढाउँदै गरेको देखिन्छ ।

यो तस्विरको क्याप्सन छ : आस्था भनेको एउटा खतरनाक चीज हो । यसले तपाईंलाई दूधलाई फ्याँक्न र पिसाबलाई पिउन बाध्य तुल्याउँछ ।’ बाबुरामको यस्तो ट्वीटपछि नेपाल र भारतको राजनीतिक वृत्तबाट क्रुद्ध प्रतिक्रियाहरु व्यक्त भएका छन् ।

भारतको सत्तारुढ दल बीजेपीका विदेश विभाग प्रमुख विजय चौंथाइवालेले बाबुरामको उक्त ट्वीटप्रति आक्रामक जवाफ दिएका छन् । उनी लेख्छन्, ‘प्रिय बाबुरामजी । यो निश्चय छ कि तिमी र तिम्रो सहपाठी इदको अवसरमा हिन्दू धर्म र संस्कारको अपमान गर्दैछौ ।’

उनी चौंथाइवाले हुन् गतमहीना एक भारतीय अखबारमा नेपाली बाबुरामले लेखेको एक आलेखप्रति क्रुद्ध प्रतिक्रिया जनाएका थिए । नेपाली राजनीतिमा भारतले हस्तक्षेप गरेको भन्दै बाबुरामले बीजेपी लक्षित टिप्पणी गरेका थिए । लगत्तै चौंथाइवालेले ट्वीटमार्फत बाबुरामको विरोध गरेका थिए ।

अहिले भने, हिन्दू धर्मप्रति बाबुरामले अनास्था फैलाएको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि आपत्ति व्यक्त गरेका छन् । बाबुरामको उक्त ट्वीटमा थापा लेख्छन्, ‘योगीले खोलमा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर, तपाईं आफूले खोलामा मान्छेको रगत बगाको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको बिर्सनुभयो ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर