कामलाई पेपरलेस बनाउन बीमा समितिमा सफ्टवेयर जडान – Nepal Press

कामलाई पेपरलेस बनाउन बीमा समितिमा सफ्टवेयर जडान

काठमाडौं । बीमा समितिले आजदेखि नयाँ सर्भर र नयाँ सफ्टवेयर संचालनमा ल्याएको छ ।

कामलाई प्रविधिमैत्री बनाउँदै छिटो ढंगले संचालन गर्न ‘इन्स्योरेन्स रेगुलारिटी म्यानेजमेन्ट इन्फरमेशन सिष्टम’ संचालनमा ल्याएको हो । समितिको कार्यलयमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ सर्भर र नयाँ सफ्टवेयरको उद्घाटन गरे ।

यो प्रविधि शुरू भएसँगै अब बीमा कम्पनीले फाइलको सट्टा सोझै अनलाइनमार्फत आफ्ना विवरण पठाउन सक्नेछन् । स्थलगत सुपरीवेक्षण, गैरस्थलगत सुपरीवेक्षण, कृषि तथा लघु बीमा र पुनर्बीमासम्बन्धी विवरणहरू अनलाइनमार्फत नै समितिले प्राप्त गर्नेछ ।

समितिमा अब फइलको चाङ नलाग्ने प्रवक्ता निर्मल अधिकारीले बताए ।


प्रतिक्रिया

One thought on “कामलाई पेपरलेस बनाउन बीमा समितिमा सफ्टवेयर जडान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर