राष्ट्रसंघद्वारा देउवालाई बधाई : तीन प्राथमिक विषयमा सरकारसँग काम गर्न राष्ट्रसंघ इच्छुक – Nepal Press

राष्ट्रसंघद्वारा देउवालाई बधाई : तीन प्राथमिक विषयमा सरकारसँग काम गर्न राष्ट्रसंघ इच्छुक

काठमाडौं । संयुक्त राष्ट्रसंघले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना दिएको छ । राष्ट्रसंघको नेपाल कार्यालयकी निर्देशक सारा बिसोलो न्यान्तीले बधाइ दिएकी हुन् ।

कोभिड–१९ महामारी, अल्पविकसित मुलुकबाट स्तरोन्नती र सन् २०३० मा दिगो विकास लक्ष्य हासिल गर्न नेपालसँग मिलेर काम गर्न राष्ट्रसंघ तयार रहेको समेत बधाइ सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री देउवालाई बेलायत, अमेरिका, युरोपेली युनियन लगायतका मुलुकले बधाई ज्ञापन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर