देउवा बल्ल शीतलनिवासमा, सपथमा किन भयो ढिलाइ ? – Nepal Press

देउवा बल्ल शीतलनिवासमा, सपथमा किन भयो ढिलाइ ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथमा ढिलाइ भएको छ । प्रधानमन्त्री नियुक्तिका विषयमा राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तीको भाषा सच्याउन देउवाले माग गरेका छन् ।

विज्ञप्ती सच्याएपछि खबर गर्न मुख्यसचिव शंकरदास वैरागीलाई भनेका देउवा राष्ट्रपति कार्यालय पुगेका छन् । यद्यपि विज्ञप्ती सच्चिएको निश्चित नभएकाले सपथमा ढिलाइ भएको बताइएको छ ।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति कार्यालयको विज्ञप्तीमा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसलाबमोजिम भनेर उल्लेख गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर