लुम्बिनीको वन तथा पर्यटन मन्त्रालयको प्रगति ९० प्रतिशत – Nepal Press

लुम्बिनीको वन तथा पर्यटन मन्त्रालयको प्रगति ९० प्रतिशत

रुपन्देही । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा ९० प्रतिशत प्रगति गरेको छ । चालु आर्थिक वर्षको तेस्रो चौमासिकसम्म ९० प्रतिशत कार्य प्रगतिको लक्ष्य लिइएकोमा ९० दशमलव १० प्रतिशत लक्ष्य प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक ज्ञवालीले पूँजीगत कार्यक्रमहरुतर्फ वन्यजन्तु, जैविक विविधता संरक्षण तथा व्यवस्थापनमा ९१ दशमलव ५, संस्कृति तथा पर्यटन विकास र प्रबद्र्धन कार्यक्रममा ८७ दशमलव ९३, जडीबुटी तथा गैरकाष्ट वन पदावार विकास कार्यक्रममा ८६ दशमलव ८९, भू तथा जलाधार व्यवस्थापनमा ९७ दशमलव ५२ प्रतिशत प्रगति भएको बताएका छन् ।

मन्त्रालयका सचिव डा. राजन केसीले वाणिज्य तथा आपूर्ति व्यवस्थापनमा ८२ दशमलव ५४, औद्योगिक विकास तथा प्रवद्र्धनमा ८७ दशमलव ६५, वातावरण तथा जलवायुमा ९८ दशमलव ७९ र संघ सशर्त अनुदानतर्फ ९१ दशमलव ३८ प्रगति गरेको मन्त्रालयले समग्रा पुँजीगत कार्यक्रम खर्चतर्फ ९० दशमलव १५ प्रतिशत प्रगति भएको बताए ।

त्यस्तै उनले वातावरण तथा जलवायुअनुकुल कार्यक्रमतर्फ चालु आर्थिक वर्षमा प्रदूषण मापन प्रयोगशाला स्थापना र जडान, एकीकृत नगर फोहोरपानी प्रशोधनसम्बन्धी अध्ययन भएको उनले बताए ।

उद्योग, वन तथा बातावरण मन्त्री कल्पना पाण्डे लम्सालले प्रदेश औद्योगिक ग्राम निर्माण, कागज उद्योग स्थापनको पहल सरकारले थालनी गरेको भन्दै यसका लागि सबैको सहयोग आवश्यक रहेको बताइन् । साथै उनले प्रदेश सरकारले प्रदेश औद्योगिक क्षेत्रका लागि सम्भाव्यता अध्ययनसमेत भइरहेको बताइन् ।

मन्त्रालयले आगमी आर्थिक वर्षमा पीडितसँग प्रदेश सरकार, वनमा खेर गइरहेको पातपतिङ्गरबाट कम्पोष्ट मल निर्माण, कवुलियती वन विकास कार्यक्रम, कोशेली घर सञ्चालन लगाएका कार्यक्रमहरु प्राथमिकतामा राखेको बताएको छ ।

मन्त्रालयले नर्सरी स्तरउन्नतितर्फ १५ वटा उच्च प्रविधियुक्त नर्सरी निर्माण, मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनतर्फ १२ वटै जिल्लामा व्यवस्थापन कार्य सम्पन्न गरेको उनको भनाइ छ । भू तथा जलधारतर्फ सिंचाई पोखरी निर्माण, सिंचाई कुलो सुधार, फलफूल विरुवा रोपण, अमृसो रोपण लगाएका कामहरु भएको मन्त्रालयका प्रवक्ता दीपक ज्ञवालीले बताए ।

उनले पर्यटनतर्फ बंगाचुली पार्क, पुरन्धारा झरना, छिल्लीकोट, ट्री हाउस, झुलेनी पार्क निर्माण प्रदेश सरकारले गरेको बताए । यता होमस्टे पूर्वाधार सहयोगतर्फ २४ वटा होमस्टेलाई १ करोड ५० लाख अनुदान दिइएको उनले बताए । उद्योगतर्फ लघुउद्यम अनुदान कोषतर्फ ४९ जनालाई ३ करोड ६३ लाख खर्च भएको उनले बताए ।

उनले आगामी वर्षमा पुथा उत्तरगंगा खाद्य आपूर्ती केन्द्र स्थापना, बड स्यानचुरी घोषणा, विषालु सर्प उद्धार लगाएका मुख्य कार्यक्रम रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *