क्रियाशीलमा मापदण्ड नमिच्न देउवालाई सिटौलाको सुझाव – Nepal Press

क्रियाशीलमा मापदण्ड नमिच्न देउवालाई सिटौलाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौंलाले क्रियाशील सदस्यता छानबिनमा ढिलाई गर्न नहुनेमा सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

सभापति देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा सिटौलाले क्रियाशील विवाद समाधानमा ढिलाई गर्दा महाधिवेशन प्रभावित हुनसक्नेबारे जानकारी गराएका हुन् । सो क्रममा सभापति देउवाले आफू क्रियाशील विवाद लम्ब्याउने पक्षमा नभएको बताए ।

कांग्रेस पदाधिकारी बैठकमा सिटौलाले पेश गरेको ‘सूत्र’ कै आधारमा सदस्यता छानबिनको मापदण्ड बनेको थियो । त्यही मापदण्डका आधारमा क्रियाशील विवाद टुंग्याउने सहमति बनिसकेकाले अलमल गर्न नहुने सिटौलाको सुझाव छ ।

‘जुन मापदण्ड बनेको छ त्यसलाई सबैले पालना गरौ । मापदण्डभन्दा बाहिर जाँदा जिल्लाको सबै विवाद केन्द्रमा आइपुग्छ र अधिवेशन गर्न कठिन हुन्छ भन्ने अवगत गराएको छु’, सभापतिसंगको छलफलबारे सिटौलाले भने । उनले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्नेबारे सभापतिसंग सामान्य छलफल भएको बताए ।

सो क्रममा देउवा र सिटौलाबीच सर्वोच्च अदालतको सम्भावित फैसलाका बारेपनि छलफल भएको बताइएको छ । देउवा र सिटौला दुवै कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका दावेदार हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर