एमाले वार्ता टोलीको बैठक शुरु, आजै सहमतिको मस्यौदामा हस्ताक्षर – Nepal Press

एमाले वार्ता टोलीको बैठक शुरु, आजै सहमतिको मस्यौदामा हस्ताक्षर

काठमाडौं । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न गठित वार्ता टोलीको बैठक अर्थमन्त्रालयमा शुरु भएको छ ।

माधव नेपाल पक्षधर वार्ता टोली सदस्यहरु नेपाल निवासमा छलफलमा जुटेकाले डेढ घण्टा ढिला बैठक शुरु भएको हो । यसअघि वार्ता टोलीले जुटाएको सहमतिको मस्यौदामा हस्ताक्षर गरेर आजै स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी छ ।

वार्ता टोली सदस्य गोकर्ण विष्टले आजै सहमतिको सुखद खबर आउने प्रतिक्रिया दिए । वार्ता टोलीले यसअघिनै ९ बुँदे मस्यौदामा सहमति जुटाइसकेको छ । सहमति १० बुँदे हुन पनि सक्ने एक सदस्यले बताए ।

माधव नेपालले दोस्रो अध्यक्ष मागेका छन् । तर कार्यदलको क्षेत्राधिकारमा त्यो नरहेकाले सहमति जटिल बनेको बताइएको छ । यो विषय केपी ओली र माधव नेपालबीच छलफल हुनुपर्ने उनीहरुका भनाइ छ ।

माधव नेपालले अदालतको फैसलालाई प्रभावित पार्ने गरि कुनै सम्झौता हुन नहुने अडान लिएका छन् भने अध्यक्ष केपी शर्मा ओली अदालतको फैसलाअघि नै एमाले एक छ भन्ने सन्देश दिन चाहान्छन् ।


प्रतिक्रिया

One thought on “एमाले वार्ता टोलीको बैठक शुरु, आजै सहमतिको मस्यौदामा हस्ताक्षर

  1. कार्यदललाई पार्टी एक राख्ने सफलता मिलोस्। हाम्रो शुभकामना छ! तर माधव कुमार नेपाल एकता चाहदैनन् जसले गर्दा वार्ता लम्बिएको छ किनभने एमाले कमजोर बनाउने रणनीतिका साथ माधव नेपाल प्रयोग भयरहेका छन्। बजारमा माधव नेपाललाी मेसिनरी कम्न्युनिष्ट भन्छन्, त्यो होइन भन्न सक्ने अवस्था छैन। उनका विगतले त्यसलाई पुष्टी गर्दैछ। त्यसैले कार्यदलले माधव वा ओलीलाई हेरेर होइन देश र पार्टीललाई हेरेर निष्कर्षमा पुग्नुपर्छ।
    माधव नेपाल कार्यदललाई विश्वास गरिरहेका छैनन्। त्यसैले त कार्यदलले निकाल्ने निष्कर्ष मान्छु भनिरहेका छैनन्। उनलाई एमाले विभाजन गरेर प्रचण्डको नेतृत्वमा समाहित हुन मन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर