कांग्रेसको संस्थापनइतर समूहको बैठक शुरू – Nepal Press

कांग्रेसको संस्थापनइतर समूहको बैठक शुरू

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको संयुक्त बैठक अनुपम फुडल्यान्डमा शुरू भएको छ । बैठकको संयोजन नेता अर्जुननरसिंह केसीले गरेका हुन् ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. रामशरण महत, सुजाता कोइराला, डा. शेखर कोइराला, बलबहादुर केसीलगायतको सहभागिता रहेको छ ।

पार्टीको आगामी महाधिवेशन नजिकिँदै जाँदा संस्थापनइतरका नेताहरू संयुक्त रणनीति बनाउन जुटेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर