माओवादी केन्द्र खारेजीको माग गर्दै बादल समूह निर्वाचन आयोगमा – Nepal Press

माओवादी केन्द्र खारेजीको माग गर्दै बादल समूह निर्वाचन आयोगमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को दर्ता खारेजीको माग गर्दै एमालेमा लागेका पूर्वमाओवादी नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।

लामो समय अधिवेशन नगरेको भन्दै माओवादी केन्द्र अवैधानिक रहेको दावीसहित रामबहादुर थापा ‘बादल’ समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका नेता आयोग पुगेका हुन् ।

माओवादी केन्द्रको महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी कसरी माओवादी केन्द्र बन्यो ? जस्ता प्रश्नहरु उनीहरूले उठाएका छन् ।

माओवादी केन्द्रले आफूहरूलाई गरेको कारवाही पनि अवैध भएको उनीहरूको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर