हेटौंडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा – Nepal Press

हेटौंडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा

काठमाडौं । हेटौँडास्थित हेटौंडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा डायलासिस मेसिन र पूर्वाधारसमेत तयार पारेपछि अस्पतालमा डायलासिस सेवा सेवा सञ्चालन भएको हो ।

अहिले पाँचवटा मेसिनमार्फत मिर्गौलाका बिरामीको डायलासिस सुरु गरिएको छ । यस सेवाका लागि उपमहानगरपालिकाको समन्वय र सहयोगमा डायलासिस मेसिन ल्याएर सेवा सञ्चालनमा गरिएको हो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा अडायलासिस सेवा सञ्चालनपछि सेवा लिनका लागि यसअगावै चितवन, काठमाडाँै, वीरगञ्जलगायतका जिल्लामा जानुपर्ने बिरामीको बाध्यता अब अन्त्य हुने विश्वास लिइएको छ ।

अस्पतालले डायलासिस सेवा पनि दिन थालेकाले स्वास्थ्य क्षेत्रमा काँचुली फेरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विष्णुराज जोशीले बताए । अस्पतालमा क्रमशः सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा सुरु गरिएको हो ।

नगरवासीलाई स्वास्थ्य उपचारमा सघाउ पुर्‍याउने उद्देश्यले उपमहानगरपालिकाको प्रयासमा हेटौंडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *