दोहोरो अंकले बढेको बजारमा नयाँ रेकर्ड बनाउँदै नेप्से, १७ अर्बको कारोबार – Nepal Press

दोहोरो अंकले बढेको बजारमा नयाँ रेकर्ड बनाउँदै नेप्से, १७ अर्बको कारोबार

काठमाडौं ।  साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से १२.५४ अंकले बढ्दै २८२७.९३ विन्दुमा रोकिएको छ । नेप्सेले दैनिक कारोबार रकममा नयाँ–नयाँ रेकड बनाउँदै गएको छ ।

आज ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ताको कारोबारमा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४५ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार अहिलेसम्मकै सार्वधिक कारोबार हो । यो भन्दा अघि गत विहीबार १४ अर्ब ७६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज दर्जौनौ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ । आज ज्योती विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज नेश्नल हाइड्रो पावर कम्पनी लिमिटेडको ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर