कैलालीमा थपियो निषेधाज्ञा – Nepal Press

कैलालीमा थपियो निषेधाज्ञा

कैलाली । कैलालीमा एक साता निषेधाज्ञा थप भएको छ । दोस्रो पटक थपिएको निषेधाज्ञा सकिनै लाग्दा तेस्रो पटक थप गरिएको हो । पहिलो पटक २२ गते सम्म र दोस्रो पटक ३१ गते सम्म कैलालीमा निषेधाज्ञा तोकिएको थियो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले तेस्रो पटक जेष्ठ ६ गतेसम्म निषेधाज्ञा थप गरिएको जनाएका छन् ।

सोमबार जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (एमसीसी)को बैठकले गरेको सिफारिस अनुसार एक साता निषेधाज्ञा थप गरिएको हो ।

कोरोना संक्रमित दिन प्रति दिन बढिरहेको हुदा निषेधाज्ञा थप कडा पारिएको प्रमुख जिल्ल अधिकारी रिजालले बताए ।

प्रशासनले एटीएम बाहेक बैंकको सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । तरकारी, फलफूल तथा खाद्य वस्तुका पसल/व्यवसायहरु हरेक मंगलवार, विहिबार र शनिबार बिहान ६ देखि ९ बजेसम्म जनस्वास्थ्य र सुरक्षाका मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *