अत्यावश्यक बाहेकका कूटनीतिज्ञ र परिवारलाई नेपाल छाड्न अमेरिकी निर्देशन – Nepal Press

अत्यावश्यक बाहेकका कूटनीतिज्ञ र परिवारलाई नेपाल छाड्न अमेरिकी निर्देशन

काठमाडौं । नेपालमा कोरोना महामारी भयावह बनेको भन्दै अमेरिकाको स्टेट डिपार्टमेन्टले अत्यावश्यक बाहेकका कूटनीतिज्ञ र तिनका परिवारलाई नेपाल छाड्न अनुमति दिएको छ ।

शुक्रबार वक्तव्य जारी गर्दै अमेरिकाले नेपालमा रहेका अमेरिकी पर्यटक र व्यक्तिहरुलाई नेपाल छाड्नेबारे विचार गर्न निर्देशन दिएको छ । त्यसरी नेपाल छाड्न चाहनेलाई उद्दार उडान गर्नको लागि स्टेट डिपार्टमेन्टले अमेरिकी दूतावासलाई निर्देशन समेत दिएको छ ।

‘अमेरिकाले नेपालमा रहेका अत्यावश्यकका कर्मचारी र उनीहरुको परिवारलाई स्वयंसेवीरुपमा नेपाल छाड्न भनेको छ’ स्टेट डिपार्टमेन्टले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर