निषेधाज्ञाको पहिलो दिन लगानीकर्ता उत्साहित करिब २६ अंकले बढ्यो नेप्से – Nepal Press

निषेधाज्ञाको पहिलो दिन लगानीकर्ता उत्साहित करिब २६ अंकले बढ्यो नेप्से

काठमाडौं । सरकारले निषेधाज्ञा जारी गरेपनि नेप्से परिसूचक २५.८२ अंकले बढेको छ । नेप्से परिसूचक आज १ प्रतिशतले बढ्दै २६११.११ विन्दुमा रोकिएको छ । आज नेप्से परिसूचक ९८ लाख १८ हजार ४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २४९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज एनसीसी बैंकको कारोबार ३० करोड रुपैयाँ बराबरको भएको छ ।

यसैगरी, सिभम सिमेन्टको कारोबार १८ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी सिंगटी हाइड्रोपावर र महिला लघुवित्तको कारोबार १० प्रतिशतले बढेको छ । यसैगरी विसाल बजार को शृयर मूल्य १० प्रतिशतले नै बढेको छ । आज लगानी तथा होटल एण्ड टुरिजम समूहको शेयर घटेको छ भने अन्य समूह सबै हरियो रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर