४२ अंकले नेप्से बढ्दा कारोबार रकममा पनि वृद्धि – Nepal Press

४२ अंकले नेप्से बढ्दा कारोबार रकममा पनि वृद्धि

काठमाडौं । कारोबारको अन्तिम दिन नेप्से परिसूचक ४२.९५ अंकले बढेर २४७५.०९ विन्दुमा रोकिएको छ । आज १ करोड १६ लाख ५७ हजार ९७५ कित्ताको कारोबारमा ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार १८७ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार रकम हिजोको तुलनामा एक अर्बमाथिले बढ्न पुगेको छ । आज नेपाल बंगलादेश बैंकको शेयर कारोबार सबैभन्दा धेरै ७६ करोडको भएको छ ।

यसैगरी नेपाल इन्फ्रास्ट्रकचरको शेयर कारोबार दोस्रो नम्वरमा छ । आज नीफ्राको शेयर कारोबार २१ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार पनि १३ करोड रुपैयाँ बराबरको भएको छ ।

आज साविक झैं चन्द्रागिरि हिल्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी आज व्यापार समूह बाहेक अन्य समूहका परिसूचकहरु बढेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर