बक्यौता तिर्न हवाई कम्पनीलाई प्राधिकरणको ३० दिने अल्टिमेटम – Nepal Press

बक्यौता तिर्न हवाई कम्पनीलाई प्राधिकरणको ३० दिने अल्टिमेटम

काठमाडौं । बक्यौता नतिरेका ११ वटा हवाई कम्पनीलाई ३० दिनभित्र बक्यौता रकम तिर्न नेपाल नागरिक उडड्यन प्राधिकरणले अल्टिमेटम दिएको छ ।
प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै बक्यौता नतिरेका ११ वटा हवाई कम्पनीलाई आगामी ३० दिनभित्र बक्यौता रकम तिर्न भनेको हो ।

प्राधिकरणले दिएको समयसीमाभित्र रकम नबुझाएमा प्रचलित कानून बमोजिम भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँगको कुनै पनि किसिमको व्यापार व्यवसायमा सहभागी हुन नपाउनेगरी कालो सूचीमा राखिने जनाएको छ ।

साथै, निजका एकाघरका परिवारको संव जमानी बस्नेहरुको जायजेथाबाट सरकारी बाँकी सरह असूल उपर गरिने पनि प्राधिकरणले बताएको छ ।
प्राधिकरणका अनुसार ११ वटा कम्पनीहरुबाट ९ करोड ६८ लाख ७४ हजार रुपैयाँ बक्यौता उठ्न बाँकी छ । नेकोन एयर, शिवानी एयर, अल्पाईन एयर, गोरखा एयर, कर्णाली एयर, माउण्टेन एयर, कस्मिक एयर, साँग्रिला एयर, स्काईलाईन एयर, एयर काष्टमण्डप र नेपाल एयरवेजले बक्यौता रकम तिरेका छैनन् । तर, ती सबै कम्पनीको सेवा हाल बन्द बन्द रहेका छन् ।

नेकोन एयरले ४ करोड ७० लाख ६० हजार, शिवानीले ५५ लाख ५१ हजार, अल्पाईनले ७२ हजार, गोरखा एयरले २० लाख ३५ हजार, कर्णाली एयरले १७ लाख ४६ हजार, माउण्टेन एयरले १२ लाख ७३ हजार, कस्मिक एयरले ३ करोड ४७ लाख ५८ हजार,

साँग्रिलाले १५ लाख ३७ हजार, स्काईलाईन एयरवेजले १५ लाख ५० हजार, एयर काष्टमण्डपले ७ लाख ३८ हजार तथा नेपाल एयरवेजले ५ लाख ५० हजार रुपैयाँ बक्यौता रकम तिरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर