ओली पक्षीय युवा संघ र अनेरास्ववियूले बृहत् मोटरसाइकल र्‍याली गर्दै – Nepal Press

ओली पक्षीय युवा संघ र अनेरास्ववियूले बृहत् मोटरसाइकल र्‍याली गर्दै

काठमाडौँ । ओली पक्षीय नेकपाको वागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शनकाे तयारीस्वरूप युवा संघ र अनेरास्ववियूले आज संयुक्त रूपमा मोटरसाइकल र्‍याली गर्दैछन् ।

नेता महेश बस्नेतले नेतृत्व गर्ने मोटरसाइकल र्‍यालीमा १० हजार युवाले मोटरसाइकलसहित सहभागिता जनाउने दावी गरिएको छ। र्‍यालीका लागि रूट पनि निर्धारण गरिएको छ ।

मध्यान्ह १२ बजे बालकुमारीबाट शुरु हुने र्‍याली सातदोबाटो-लगनखेल-जावलाखेल-पुल्चोक-थापाथली-त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल-कमलपोखरी-रातो पुल-गौशाला-एयरपाेर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुनेछ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर