६५ अंकले बढ्यो नेप्से, कुन कम्पनीको कति कारोबार ? – Nepal Press

६५ अंकले बढ्यो नेप्से, कुन कम्पनीको कति कारोबार ?

काठमाडौं । मंगलबार भएको कारोबारमा नेप्से परिसूचक ६५.४९ अंकले वृद्धि भएको छ । आज भएको कारोबार २.६२ प्रतिशतले वृद्धि हुँदै २४७१.३४ विन्दुमा रोकिएको छ ।

आज शेयर कारोबार मापन गर्ने सेन्सिेटिभ इन्डेक्स पनि ३.२२ अंकले उकालो लागेको छ । आज सबैभन्दा बढी नेपाल पुर्नबीमा कम्पनीको शेयर ५७ करोड ८७ लाख ९८ हजार ९७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै ग्लोबल आइएमइ बैंकको ५१ करोड, नेपाल दूरसंचारको ३७ करोड शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मुनफा प्रभुलाइफ इन्स्योरेन्सले गरेको छ । आज प्रभुु लाइफको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यसैगरी युनाइटेड इन्स्योरेन्स कम्पनीको पनि १० प्रतिशतले नै शेयर मूल्य बढेको छ । अन्य १५ ओटा कम्पनीका शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेका छन् ।

आज १ करोड ५३ लाख २५ हजार ६२३ कित्ताको कारोबारमा ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर