आइतबार २४ सय कोभिड बिरामी थपिए, ५१ जनाको मृत्यु – Nepal Press

आइतबार २४ सय कोभिड बिरामी थपिए, ५१ जनाको मृत्यु

३,४५६ जना संक्रमणमुक्त

काठमाडौं । आइतबार मुलुकमा २,४४२ जना कोभिड-१९ बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १०,९५६ एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ५१ जनाको मृत्यु भएको छ । ३,४५६ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकामा आइतबार ५४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना बिरामी पत्ता लागेका हुन् ।

परीक्षण भएकामध्ये संक्रमण पत्ता लाग्ने प्रतिशत २१.३ प्रतिशत छ । मुलुकमा ५५ हजार ५३२ सक्रिय संक्रमित छन् । ४२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।

१४ दिनमा केही जिल्लामा संक्रमण बढ्दो क्रममा देखिएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *