१० वर्षीया भतिजीलाई करणी गरेको आरोपमा काका पक्राउ – Nepal Press

१० वर्षीया भतिजीलाई करणी गरेको आरोपमा काका पक्राउ

गुल्मी । प्रहरीले आफ्नै भतिजीलाई जबरजस्तीकरणी गर्ने काकालाई नियन्त्रणमा लिएको छ । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका २ का १९ वर्षिया पुरुष लाई आफ्नै दाईकी छोरी लाई जवरजस्ती करणी गरेको अभियोगमा नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिएका उनले मंगलबार नाताले भजिती पर्ने अर्थात दाइको १० वर्षिया छोरीलाई लुकामारी खेल्न जाउँ भन्दै नजिकैको सार्वजनिक जगंलमा लगेर करणी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार पीडित बालिकाकी आमाले भने घटनाको दुई दिनपछि बिहिबार मात्रै प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

उजुरीपछि युवकलाई इलाका प्रहरी कार्यालय, रिडीबाट प्रहरी निरिक्षक सुवराज बमको नेतृत्वमा गएको समुहले पक्राउ गरेको थियो ।
पक्राउ परेका युवकलाई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सुचना अधिकारी पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर