राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट
नेपाल प्रेस
२०८१ वैशाख ५ गते १८:०८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् ।
आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।
भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । रासस
प्रतिक्रिया
सम्बन्धित खवर