रविको ‘फ्यान क्लब’ रास्वपालाई प्रश्न- देशभक्तहरुसँग किन यति धेरै डर ? – Nepal Press

रविको ‘फ्यान क्लब’ रास्वपालाई प्रश्न- देशभक्तहरुसँग किन यति धेरै डर ?

चैत २७ गते मंगलबार काठमाडौंमा राप्रपाले हजारौंको उपस्थितिमा प्रदर्शनसहित गणतन्त्रवादीहरुलाई नयाँ सम्झौताका लागि तयार हुन स्पष्ट चेतावनी दिएको छ । गणतन्त्रका नाममा अकर्मण्यताको उत्कर्षमा पुगेका राजनीतिक दल र निष्फल भएको राज्य संयन्त्रलाई घिसारिरहेका कथित ठूला नेता र नयाँ गणतन्त्रवादी नेताहरुलाई समेत लक्षित गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ सम्झौता गर्न र नभए भाग्न तयार हुन चेतावनी दिएका छन् ।

राप्रपाको शान्तिपूर्ण आन्दोलनलाई निस्तेज गर्न भएका असंवैधानिक कार्यहरुप्रति टिप्पणी गर्दै अध्यक्ष लिङदेनले गृहमन्त्री एवं ठूलो हुँकारसहित आएको रास्वपाका सभापति रवि लामिछानेको राजीनामासमेत मागेका छन् । जसलाई अध्यक्षले राप्रपाको ४१औं मागका रुपमा व्याख्या गरेका छन् ।

टीभीमा घाँटी फुलाएर प्रचण्ड, देउवा र ओलीहरुको विरोध गर्ने रविले जनताको भावनात्मक शोषण गरेर पाएको मतको चरम दुरुपयोग गर्दै अन्तत्वगत्वा त्यही देउवा, ओली र प्रचण्ड पौडिरहेको संकीर्ण, दुर्गन्धित र भ्रष्ट राजनीतिक पोखरी रोजे । शान्तिपूर्ण प्रदर्शनको पक्षमा टीभीमा भट्याएर नथाक्ने लामिछानेले उही परम्परागत शासकीय शैलीको भद्दा नक्कल गर्दै राप्रपाका दर्जनौं निहत्था नेता कार्यकर्तामाथि बर्बरतापूर्ण आक्रमण गर्न लगाए । राप्रपाका केही दर्जन सदस्यलाई मरणासन्न हुनेगरी आक्रमण गरेपछि कान्छा गणतन्त्रवादी लामिछाने यो तन्नम र तिरस्कारयोग्य व्यवस्थाको अन्तरिम सिंहासनमा बसेर जुँगामा ताउ लगाउँदै राप्रपालाई देखाइदिएँ भन्दै होलान् सायद !

रवि यही कांग्रेस-कम्युनिष्टले विकृत बनाएको असफल व्यवस्थाको पुच्छर समात्न पुगे । सायद यसैले रविलाई अन्धसमर्थन गर्ने मानिसहरु आज झस्किएका छन् । लाखौं हिन्दूत्वका पक्षपातीहरुले खुइय्य गरेका छन् ।

तर, खहरे जसरी जनताका आँखामा छारो हालेर सत्ताक्रीडामा उक्लिएका पूर्वअमेरिकी नागरिक लामिछानेले राष्ट्रवादी आन्दोलनको घनत्व र वेगलाई नजरअन्दाज गरेका छन् । यो आयातित व्यवस्थाको समूल अन्त्य गर्न लामबद्ध देशभक्त नागरिकको साहस, इमान र समर्पणलाई गिज्याएका छन्, होच्याएका छन् । यसको जवाफ रवि लामिछानेले इतिहासमा अवश्य दिनुपर्नेछ, मूल्य चुकाउनुपर्नेछ ।

प्रचण्डहरुले १५ वर्षमा लुछेर, खाएर र बेचेर नंग्याइसकेको व्यवस्थाको लाज छोप्न उद्यत लामिछानेसँग अब अन्य गणतन्त्रवादी दलप्रति कटाक्ष गर्ने कुनै नैतिक शक्ति बाँकी रहेन । रवि लामिछानेको राज्य व्यवस्थाप्रतिको आक्रोश र बकम्फुसे सपनाका पछि लागेका लाखौं मतदातालाई रविले आफ्ना श्रीमती, बालबच्चा, ग्यालेक्सीका साझेदार जीबी राई, तलब नपाएका सयौं निरीह कर्मचारी र हजारौं सहकारी पीडितलाई जस्तै धोका दिए । आँखै अगाडि झुक्क्याइदिए, अवाक बनाइदिए, निर्लज्ज र निसंकोच धोका दिए आफ्नाहरुलाई ।

रवि यही कांग्रेस-कम्युनिष्टले विकृत बनाएको असफल व्यवस्थाको पुच्छर समात्न पुगे । सायद यसैले रविलाई अन्धसमर्थन गर्ने मानिसहरु आज झस्किएका छन् । लाखौं हिन्दूत्वका पक्षपातीहरुले खुइय्य गरेका छन् । जनताको नेता भनिएका रवि, प्रचण्डको ढल्नै आँटेको राष्ट्रघाती व्यवस्थालाई निम्छरो टेको लगाउन निर्वस्त्र भएर उभिएको देखेर रवि भ्रममा परेका कैयौं मानिस लज्जित भएर मुन्टो निहुराएका छन् ।

यो भ्रष्ट व्यवस्था र नेताहरुको विरुद्ध बुलन्द पारेका ती विशाल आवाज स्मरण गरेनन् ? जताततै झूट, ठगी, बदमासी र धोखाको श्रृंखलाबाट उदाएका रविले अलिकति पनि नागरिकको प्रदर्शन गर्न पाउने अधिकारका बारेमा आफैंले वकालत गरेका शब्दहरु सम्झिएनन् होला ?

राप्रपाले संविधान मर्मविपरीत भ्रष्ट सरकारले बनाएको कथित निषेधाज्ञा तोडेको हो । संविधानविपरीत गएको होइन । संविधानलाई भजाएर बनाइएको सरकार नामक राजनीतिक गिरोहका विरुद्ध आवाज उठाएको हो । कुनै हिंसा, हतियारविना अघि बढेको राप्रपालाई बर्बरतापूर्वक आक्रमण गर्नुअघि सहकारी ठगीका आरोपी लामिछानेले आफ्ना पुराना भिडियोहरु हेरेनन् होला ? यो भ्रष्ट व्यवस्था र नेताहरुको विरुद्ध बुलन्द पारेका ती विशाल आवाज स्मरण गरेनन् ? जताततै झूट, ठगी, बदमासी र धोखाको श्रृंखलाबाट उदाएका रविले अलिकति पनि नागरिकको प्रदर्शन गर्न पाउने अधिकारका बारेमा आफैंले वकालत गरेका शब्दहरु सम्झिएनन् होला ?

हो रविले सम्झिएनन् । किनकि उनी यतिबेला सत्ताभोगको उत्कर्षमा पुगेका छन् । उनका आँखा अन्धो भएका छन् भने कान बहिरो भएका छन् । चेतना र विवेक गुमाएका छन् उनले । राजनीतिक दर्शन, सिद्धान्त, विचार, दिशा, उद्देश्य र इमान नै नदेखाइकन लोकप्रियताको खैरो रंगमा राजनीतिमा आउनेहरु सायद यस्तै हुन्छन् । उनीहरुलाई प्रजातन्त्रको मूल्य, महत्व र गरिमा थाहा हुँदैन । जनताका अधिकारभन्दा उनीहरुलाई आफ्नो अहंकार र शक्तिकै उन्माद ज्यादा हुन्छ ।

रवि लामिछाने र उनको पार्टीसँग आजका मूलभूत राजनीतिक विषयमा न कुनै स्पष्ट पक्षधरता छ न त मार्गचित्र । रविको पार्टीले गणतन्त्र स्वीकार गरेको भन्छ । तर, संघीयतामा कुनै स्पष्टता छैन । रविको पार्टी धर्मान्तरणको विरोध गरेको जस्तो पनि गर्छ । तर, हिन्दूत्वका पक्षधरलाई दमन पनि गर्छ । रविका पार्टी गणतन्त्रकै व्यवस्थासँग पनि व्यवहारतः खुशी देखिँदैन । फेरि राजसंस्थाको पक्ष पनि लिँदैन । रविको पार्टी कम्युनिष्टसँग घाँटी जोड्छ । तर, कांग्रेसको जस्तो कुरा गर्छ । कांग्रेसी पूँजीवादको व्याख्यातालाई पार्टीका शीर्षमध्येको नेता र सांसद बनाउँछ । तर, प्रचण्डको कथित समाजवादी सरकारको पुच्छर बन्छ ।

रवि लामिछाने र उनको पार्टीसँग आजका मूलभूत राजनीतिक विषयमा न कुनै स्पष्ट पक्षधरता छ न त मार्गचित्र । रविको पार्टीले गणतन्त्र स्वीकार गरेको भन्छ । तर, संघीयतामा कुनै स्पष्टता छैन । रविको पार्टी धर्मान्तरणको विरोध गरेको जस्तो पनि गर्छ । तर, हिन्दूत्वका पक्षधरलाई दमन पनि गर्छ ।

यस्ता उदाहरण कैयौं छन् । स्वतन्त्र पार्टी कुनै राजनीतिक, सैद्धान्तिक र दाशर्निक मन्थन नै नहुने र लोकप्रियताको मायाजालमा जनतालाई बेवकुफ बनाइरहने रविको फ्यानक्लबमात्र हो भन्ने कुरा पछिल्ला घटनाक्रमले थप पुष्टि गर्दै लगेको छ ।

जे जति विवादित, आलोचित हुँदा पनि भ्रष्ट व्यवस्थाका विरुद्ध प्रखर देखिएको जस्तो लागेर लामिछानेप्रति राप्रपाले सद्भाव नै राख्थ्यो । तर, जब उनले यो विदेशीको इशारामा देश नै असफल र विघटन गराउन दुरुपयोग भएका कुपात्रहरुको पिछलग्गू भएर देशभक्त नागरिकमाथि निर्ममतापूर्वक लाठी बर्साउन थाले तब राप्रपाले रविको रंग पकड्न थालेको छ । रविका यस्ता हर्कतले २०५१ सालमा माओवादी जन्माउनेहरुकै लगानीमा रास्वपा जन्मिएको हो भन्ने कतिपयको तर्कलाई बल पुगेको जस्तो देखिएको छ ।

रवि गणतन्त्रवादी हुनसक्लान् । तर, संविधानभन्दा माथि हुनसक्दैनन् । राप्रपाले आदर्श मान्ने राजसंस्थालाई त संविधानअन्तर्गत राख्ने उद्देश्य बोकेको राप्रपाका लागि संविधानमाथि टेकेर जनतालाई दमन गर्ने रविहरु केही होइनन् । रविका अहंकार र घमण्डहरु पानीका फोका शिवाय केही होइन राप्रपाका लागि ।

जे जति विवादित, आलोचित हुँदा पनि भ्रष्ट व्यवस्थाका विरुद्ध प्रखर देखिएको जस्तो लागेर लामिछानेप्रति राप्रपाले सद्भाव नै राख्थ्यो । तर, जब उनले यो विदेशीको इशारामा देश नै असफल र विघटन गराउन दुरुपयोग भएका कुपात्रहरुको पिछलग्गू भएर देशभक्त नागरिकमाथि निर्ममतापूर्वक लाठी बर्साउन थाले तब राप्रपाले रविको रंग पकड्न थालेको छ ।

भन्नलाई प्रहरी सरुवामा ध्यान दिन्न भन्ने तर, मन्त्रालय आउनेबित्तिकै आफू अनुकूल तलमाथि गर्न थाल्ने, रास्कोट अस्पतालका नाममा आफ्ना साइबर सेना र कार्यकर्ता पालेको पैसा राज्यलाई तिराउनेमात्र होइन गणतन्त्रका सर्वाधिक दुर्गन्धित र भ्रष्ट कृष्णबहादुर महराहरुलाई करुणा देखाएर रविले आफ्नो असली रुप र रंग देखाउन थालिसकेका छन् । अझै पनि रविमा कसैले इमान देख्छ भने उसले आँखा र दिमाग जाँच गर्नुपर्ने देखिएको छ ।

अन्त्यमा, सबैभन्दा विडम्बनापूर्ण कुरा के छ भने यही व्यवस्थाले सिर्जित भएका तमाम समस्यालाई देखाएर राजनीतिमा आएका लामिछानेहरु नै किन र कसका लागि दिल्ली र वासिङ्टनबाट चल्ने यो कुव्यवस्थाको बचाउमा उभिएका छन् ? किन रवि लामिछानेहरु स्वधर्म र स्वाभीमानका विषयमा निःशब्द छन् ? किन रविहरु देशको खण्डीकरणका पक्षमा उभिएका छन् ? रवि लामिछानेहरुलाई किन रिस उठ्छ देशभक्त मानिससँग ? यी सबै प्रश्नको उत्तर हामीले खोज्नुपर्ने भएको छ । राष्ट्र र राज्यका रुपमा नेपाल यतिविघ्न क्षयीकृत भैसक्दा पनि यही एैंजेरु व्यवस्थाका पक्षमा किन देखिएका छन् लामिछानेहरु ? देशै रित्तिन लागिसक्दा, देशै पूरै विधर्मीकरणको कब्जामा पुग्दा, कहिले पराधीन नभएको नेपालको सार्वभौमसत्ता र निर्णायकत्व शक्तिशाली देशको कब्जामा पुग्दा पनि किन रबिहरु मौन छन् ?

हामी सबैले यसको जवाफ खोजौं र प्रजातन्त्रविरोधी, अभिव्यक्ति स्वतन्त्रताविरोधी र नेपाली राजनीतिका सर्वाधिक ढोंगी कान्छा गणतन्त्रवादी रवि लामिछानेलाई दबाब दिऔं र भनौं- नालायक गृहमन्त्री राजीनामा दे !

(लेखक राप्रपाका केन्द्रीय सदस्य हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *