माले पोलिटब्युरो सदस्य श्रेष्ठ सहित नेताहरू राप्रपा नेपालमा प्रवेश – Nepal Press

माले पोलिटब्युरो सदस्य श्रेष्ठ सहित नेताहरू राप्रपा नेपालमा प्रवेश

काठमाडौं । लामो समय कम्युनिस्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् । नेकपा (माले) का पोलिटब्युरो सदस्य रहेका श्रेष्ठ , केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबरजस्त ढंगले अगाडि बढ्ने बताए ।

राजनीतिक दलका नेता, कर्मचारीतन्त्र र बिचौलियाहरूको त्रिसंखु गठबन्धनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै धर्म परिवर्तन ,बेरोजगारी ,भ्रष्टाचार र कुशासनको अन्त्यको निमित्त जनता जागरूक हुनुपर्ने बताए ।

थापाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, केन्द्र र स्थानीय तहको मात्र संरचना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाले मात्र अहिले देखिएको समस्या समाधान हुने बताए ।

नवप्रवेशी कुमार श्रेष्ठले अब राप्रपा नेपालले अवलम्बन गरेको बाटोबाट मुलुकको स्वाधीनताको रक्षा , प्रजातन्त्रको संरक्षण र मुलुकको समृद्धि हुने निष्कर्ष सहित राप्रपा नेपालमा समाहित भएको बताए ।

यसै गरी राप्रपाका गौरव नेपालीको नेतृत्वमा १ सय पाँच जना पनि सोही अवसरमा राप्रपा नेपाल प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर